AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • मेयर साम्पाङलाई अदालतको आदेश: ‘व्यक्तिको जग्गामा अनधिकृत रूपमा प्रवेश र वृक्षरोपण नगर्नू’

मेयर साम्पाङलाई अदालतको आदेश: ‘व्यक्तिको जग्गामा अनधिकृत रूपमा प्रवेश र वृक्षरोपण नगर्नू’

  • बिहिबार, साउन ११, २०८०
मेयर साम्पाङलाई अदालतको आदेश: ‘व्यक्तिको जग्गामा अनधिकृत रूपमा प्रवेश र वृक्षरोपण नगर्नू’

काठमाडौं-उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका नामा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मिलनकुमार राईको इजलासले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न भन्दै अन्तरिम आदेश दिएको हो ।

धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश राईको इजलासले बिहीबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्नेजस्ता काम नगर्न भनेको छ ।

साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखितरूपमा जवाफ पेस गर्न आग्रह गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार