mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२

सेयर बजार ४१.०६ अंकले बढ्याे

  • बुधबार, साउन २४, २०८०
सेयर बजार ४१.०६ अंकले बढ्याे

काठमाडौं- सेयर बजार सूचक नेप्सेले बुधबार दुई हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । यस दिन नेप्से सूचक ४१.०६ विन्दुले बढेर २०६०.९१ अंकमा आइपुगेको छ । १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

२२ सय भन्दा माथि पुगेको नेप्से मौद्रिक नीतिपछि निरन्तरजसो घटेर २ हजारको मनोवैज्ञानिक रेखासम्म झरेको हो । यद्यपि, सूचक बुधबार २ हजारभन्दा तल अर्थात १९ सयको लाइनमा भने झरेन ।

यस दिन २६५ कम्पनीको ५० लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ५० लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल रिपब्लिक मिडिया परेका छन् ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।