AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी सरकारविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

कोशी सरकारविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

  • बिहिबार, भदौ ७, २०८०
कोशी सरकारविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

काठमाडौं-कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

गएको सोमबार मुख्यमन्त्री उद्धव थापाले सभाको अध्यक्षता गरेका इसराइल मन्सुरीको समेत मत लिएर प्रदेशसभाको विश्वास प्राप्त थिए । त्यसरी असंवैधानिक काम गरेको भन्दै कार्कीले बुधबार रिट दायर गरेका थिए ।

यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार