AarthikBikash
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रतिनिधिसभा बैठक बस्दै आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रतिनिधिसभा बैठक बस्दै आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

  • मङ्लबार, भदौ १२, २०८०
प्रतिनिधिसभा बैठक बस्दै आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम वरपर रहेर विभिन्न प्रश्नको जवाफ माग्ने कार्यसूची छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले बताएको हो ।

सभामुख देवराज घिमिरेले गत बिहीबारको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम निर्धारण गरेका थिए। ‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनेछ,’ संसद्को सम्भावित कार्यसूचीमा उल्लेख छ ।

आजको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था गरिएको संसद् सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने सांसदले ८ भदौमै प्रतिनिधिसभाका सचिवसमक्ष लिखित प्रश्न टिपाइसकेका छन् ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । लामो अवरुद्ध संसद् बैठक ६ भदौदेखि नियमित बस्न थालेको हो ।

Facebook Comments

सम्बन्धित समाचार