AarthikBikash
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ६० किलो सुन तस्करी प्रकरण : दीपेश पुनसँग सीआईबीले लियो बयान

६० किलो सुन तस्करी प्रकरण : दीपेश पुनसँग सीआईबीले लियो बयान

  • मङ्लबार, भदौ १९, २०८०
६० किलो सुन तस्करी प्रकरण : दीपेश पुनसँग सीआईबीले लियो बयान

काठमाडौं- त्रिभुवन विमानस्थल बाहिरबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ ।

साे प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबी​ले कार्यालयमै बोलाएर दीपेशसँग सोमवार बयान लिएको हो । दीपेशसँग ४ घण्टा बयान लिइएको प्रहरी स्रोतले बतायाे ।

राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो ।

सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो । आफूले अनुसन्धानको जिम्मा पाएसँगै सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार