AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ६० किलो सुन तस्करी प्रकरण : सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ

६० किलो सुन तस्करी प्रकरण : सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ

  • शुक्रबार, भदौ २२, २०८०
६० किलो सुन तस्करी प्रकरण : सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ

 काठमाडौं – सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिव कुमार सराफलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलबाट बरामद ६० किलो सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले सुन ओसारपसारमा भूमिका खेलेको खुलेको छ । पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने बताइएको छ ।

उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार