AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राजनीति
  • विसंगतिहरु पन्छाउने क्रममा आफ्नै मान्छेबाट नाजायज दबाब आयो : मन्त्री किराँती

विसंगतिहरु पन्छाउने क्रममा आफ्नै मान्छेबाट नाजायज दबाब आयो : मन्त्री किराँती

  • सोमवार, भदौ २५, २०८०
विसंगतिहरु पन्छाउने क्रममा आफ्नै मान्छेबाट नाजायज दबाब आयो : मन्त्री किराँती

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसंगतिहरुलाई पन्छाउन क्रियाशील रहँदै आएकोमा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दबाब दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् ।

‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजिनामा गर्ने बताए । ‘पटक पटकको घेराबन्दी तोड्नुभएका प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ,’ उनले भने ।

पुस्तकका लेखक तथा सम्पादक गेशे थुब्तेन शेराब हुन् । बुद्धसँग सम्बन्धित तीर्थस्थलहरु, बोधिसत्वसँग सम्बन्धित तीर्थस्थलहरु र बज्रयान सम्बन्धित तीर्थस्थलहरु गरी तीन खण्डमा विभाजित उक्त पुस्तक अनुसन्धान केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, पर्सा र नेपाल बौद्ध महायान केन्द्र गुम्बा, कपनले प्रकाशन गरेको हो ।

नेपाली तथा तिब्बती भाषामा निकालिएका दुवैप्रति पुस्तकको थेरवाद, महायान र बज्रयानका धर्मगुरुहरुको उपस्थितिमा लोकार्पण गरिएको हो । गुरु लोसाङ नाम्ग्याल रिम्पोछेको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रो। सुमन्तराज न्यौपाने तथा इन्टरनेशनल बुद्धिष्ट एकेडेमीका खेन्पो ड.। ङवाङ ज्योरदेनले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार