AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रबार, भदौ २९, २०८०
बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले नेपालको संविधान, बालबालिकासम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न/गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले विशेष संरक्षण आवश्यक भएका बालबालिकालाई सम्बन्धित परिवार तथा पारिवारिक हेरचाहमा हुर्कन सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताएका छन् । तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारहरूको संरक्षण र सम्वर्द्धन गर्न गराउन नेपाल सरका र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपील गर्दछु,’ प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार