AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कर्तव्य ज्यान मुद्दामा ९२ वर्षीय वृद्ध पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९२ वर्षीय वृद्ध पक्राउ

  • बुधबार, अशोज ३, २०८०
कर्तव्य ज्यान मुद्दामा ९२ वर्षीय वृद्ध पक्राउ

काठमाडौं-कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ परेका छन्। साढे २१ वर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका-१ रिठाबोटका ९२ वर्षीय पहले कामीलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो।

जिल्ला अदालत रोल्पाले २६ वर्ष पहिले २०५४/१२/१० गते कर्तव्य ज्यान मुद्दामा कामीविरूद्ध २१ वर्ष ६ महिना कारावासको सजाय तोकेको थियो। अदालतको फैसलापछि कामी फरार रहँदै आएका थिए।

पक्राउपछि भदौ १ गते उनलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशलाई तोकिएको कारावास सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार