mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • मीड सोलु हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने

मीड सोलु हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने

  • सोमवार, अशोज ८, २०८०
मीड सोलु हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं – मीड सोलु हाइड्रोपावर कम्पनीको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बुधबार साँझ ५ बजे आईपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, मीड सोलुको आईपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ ।

किनभने यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ताका  लागि आवेदन दिएका छन् । जसमा ६२ हजार ११८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९२ हजार ७२८ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो । कम्पनीले कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०८० असार ३१ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ असार २९ गतेसम्म बाहल रहनेछ ।

कम्पनीले सोलुखुम्बु जिल्लास्थित सोलु खेलाको पानी प्रयोग गरी ९.५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन समेत सुरु गरेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७७ माघ २५ गते प्राप्त गरेको थियो ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।