AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता सुरु

काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता सुरु

  • मङ्लबार, अशोज ९, २०८०
काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता सुरु

काठमाडौं-काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा काठमाडौंका मेयर बालेन साह र अभियन्ता ई भने उपस्थित छैनन् ।

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि ८ दिन देखि उभिएर प्रदर्शन गरिरहेका छन् ।

वार्तामा महानगरका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् । ईःको टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

Facebook Comments

सम्बन्धित समाचार