AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बझाङ भूकम्पमा परी दुई जना घाइते, जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ भूकम्पमा परी दुई जना घाइते, जयपृथ्वी राजमार्ग अवरुद्ध

  • मङ्लबार, अशोज १६, २०८०
बझाङ भूकम्पमा परी दुई जना घाइते, जयपृथ्वी राजमार्ग अवरुद्ध

धनगढी-बझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी दुई जना घाइते भएका छन् ।

जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएक हुन् ।

स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ ।

यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्गअवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको छ ।

बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

त्यस्तै, भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते भएका हुन् ।

साउँदले कक्षा चलिरहेको बेलामा भूकम्पको धक्का महसुस भएपछि आत्तिएर विद्यालयको विज्ञान भवनको दुई तलाबाट हामफालेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार