mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

  • शुक्रबार, अशोज १९, २०८०
भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं-प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।

उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायत नेतासहित बझाङ पुगेका प्रधानमन्त्री दाहालले प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्।

घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने, प्रभावित अन्य परिवारलाई १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने छ।

गत मंगलबार २ पटक आएको भूकम्पले एक जनाको मृत्यु र घर तथा भवनमा क्षति पुर्‍याएको थियो।

सम्बन्धित समाचार