AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपालीको उद्धारका लागि गएको विमान तेल अभिभ विमानस्थलमा अवतरण

नेपालीको उद्धारका लागि गएको विमान तेल अभिभ विमानस्थलमा अवतरण

  • बिहिबार, अशोज २५, २०८०
नेपालीको उद्धारका लागि गएको विमान तेल अभिभ विमानस्थलमा अवतरण

काठमाडौं-हामसको आक्रमणमा परेको इजरायलमा रहेका नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको विमान तेल अभिभ विमानस्थलमा अवतरण गरेको छ ।

बिहीबार बिहान साढे ३ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको विमान नेपाली समयअनुसार दिउँसो २ बजे इजरायलको तेल हबिबमा अवतरण गरेको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुबईलाई ‘टान्जिट’ बनाएर नेपाल एयरलाइन्सको विमान इजरायल पुगेको हो । सोही विमानमा नेपालीलाई उद्धार गर्न भन्दै परराष्ट्रमन्त्री एनपी साउद इजरायल पुगेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार