AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • एमसीसीकाे प्रसारण लाइनसम्बन्धी सबै ठेक्का रद्द

एमसीसीकाे प्रसारण लाइनसम्बन्धी सबै ठेक्का रद्द

  • शुक्रबार, अशोज २६, २०८०
एमसीसीकाे प्रसारण लाइनसम्बन्धी सबै ठेक्का रद्द

काठमाडौं-अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सहयोगमा नेपालमा सञ्चालित परियोजना अन्तर्गत प्रसारण लाइन सम्बन्धी सबै ठेक्का रद्द गरिएको छ ।

लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेपछि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।

एमसिसी परियोजना अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो।

प्रसारण लाइन निर्माणको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो। तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो।

Facebook Comments

सम्बन्धित समाचार