AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • सरकार र आन्दोलनरत कर्मचारीबीच १९ बुँदे सहमति

सरकार र आन्दोलनरत कर्मचारीबीच १९ बुँदे सहमति

  • आइतवार, अशोज २८, २०८०
सरकार र आन्दोलनरत कर्मचारीबीच १९ बुँदे सहमति

काठमाडौं-स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ ।

विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबिच तीन चरणको वार्तापछि शनिबार राति १९ बुँदे सहमति भएको हाे । सहमति पत्रमा संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छन् ।

आन्दोलनरत कर्मचारीले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा राखिनुपर्ने माग राख्दै आएका थिए ।

ऐनमा संघ प्रदेश संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानून निर्माणताका पहल गर्ने सहमति भएको छ ।

sahamati1

sahamati3sahamati4sahamati5sahamati6sahamati7

Facebook Comments

सम्बन्धित समाचार