AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ

कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ

  • आइतवार, अशोज २८, २०८०
कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ

विराटनगर – कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् ।

कार्की संविधानकाे धारा १६८ काे उपधारा (५) अन्तर्गत मुख्यमन्त्री बनेका थिए । उनलाई एमाले र कांग्रेसका ८ विद्रोही सांसदको समर्थन छ ।

कार्कीले कांग्रेसको शेखर कोइराला पक्ष र एमालेलाई मात्र समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्रीमा नियुक्त गरिएको छ । उनीहरूले पनि शपथ लिएका छन् । दुवै मन्त्री हाल बिनाविभागीय छन् ।

Facebook Comments

सम्बन्धित समाचार