काठमाडौं-उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दैछन् ।
उत्तरी छिमेकी चीनद्धारा आयोजित ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा सहभागीता जनाउन उनी चीन प्रस्थान गर्न लागेका हुन् ।
आज अपरान्ह १२ बजेर मन्त्री श्रेष्ठ चीन प्रस्थान गर्नेछन् । गए राती नेकपा समाजवादीका सम्मानित नेता झलना खनाल पनि चीन प्रस्थान गरेका थिए ।
बिआरआईसम्बन्धी कार्यक्रम आगामी कात्तिक १ र २ मा हुँदै छ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दै छन् ।
चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेको उनको सचिवालयले जनाएको छ ।