AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • समाज
  • नवरात्रको आज पाँचौं दिन, स्कन्दमाता भगवतीको पूजा गरिँदै

नवरात्रको आज पाँचौं दिन, स्कन्दमाता भगवतीको पूजा गरिँदै

  • बिहिबार, कार्तिक २, २०८०
नवरात्रको आज पाँचौं दिन, स्कन्दमाता भगवतीको पूजा गरिँदै

काठमाडौं-दसैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआराधना तथा दर्शन गरेर मनाइँदैछ।

स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ। सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने धार्मिक विश्वास छ।

स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ। चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ।

आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गरिन्छ।

सम्बन्धित समाचार