AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

  • आइतवार, कार्तिक १२, २०८०
राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

आइतबार बिहान १ बजे नेपाल आइपुगेका महासचिव गुटेरस र परराष्ट्रमन्त्री साउदबीच १५ मिनेटको  शिष्टाचार भेटघाट भएको छ ।

भेटवार्ताका क्रममा विश्व शान्ति र नेपालको शान्तिप्रक्रिया, जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको  छ।

Facebook Comments

सम्बन्धित समाचार