mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको छः गुटेरेस

नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको छः गुटेरेस

  • मङ्लबार, कार्तिक १४, २०८०
नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको छः गुटेरेस

काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन्। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो बताएका हुन्।

नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघ गौरवान्वित भएको उनले बताए। ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्त गर्दछु,’ गुटेरेसले भने।

नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै उनले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह गरे।

गुटेरेसले नेपाल विश्वको मित्र भएको बताए। उनले नेपाल विश्वकै मित्र भएको बताएका हुन्।

त्यस्तै, उनले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गरे।

सम्बन्धित समाचार