AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • आज मध्यरातदेखि अन्त्य हुँदै राष्ट्रियसभा अधिवेशन

आज मध्यरातदेखि अन्त्य हुँदै राष्ट्रियसभा अधिवेशन

  • बिहिबार, कार्तिक १६, २०८०
आज मध्यरातदेखि अन्त्य हुँदै राष्ट्रियसभा अधिवेशन

काठमाडौं-राष्ट्रियसभाको १४औँ अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । अधिवेशनअन्तर्गत एक सय ८० दिन बैठक भएका थिए ।

अधिवेशनमा मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्ने अध्यादेश २०८० स्वीकृत भएको थियो । सोही अध्यादेशलाई प्रतिस्थापन गर्न राष्ट्रियसभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन दुवै सदनबाट पारित भई प्रमाणित भएको थियो ।

त्यसैगरी, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित भएको थियो । राष्ट्रियसभामा उत्पत्ति भएका नेपाल विश्वविद्यालय विधेयक २०८०, गैरसरकारी विधेयकको रूपमा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० सभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो । अधिवेशनको अन्तिम दिन आज राष्ट्रिय विद्युतीय व्यापार विधेयक पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सुनाएका थिए । उनले राष्ट्रियसभाको १४औँ अधिवेशन आज राति १२ः०० बजेदेखि स्वतः अन्त्य हुनेगरी बैठकको कारबाही समाप्त भएको घोषणा गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार