AarthikBikash
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पक्राउ परेका रिगललाई अदालतमा उपस्थित गराइयो

पक्राउ परेका रिगललाई अदालतमा उपस्थित गराइयो

  • शुक्रबार, कार्तिक १७, २०८०
पक्राउ परेका रिगललाई अदालतमा उपस्थित गराइयो

बाँके-सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका रिगल भनिने योगराज ढकाललाई आज अदालतमा उपस्थित गराएको छ ।

हिजो सेतुबिक चोकबाट पक्राउ गरिएको रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालयमा राखेर अदालतमा बुझाएको हो ।

शुक्रवार कार्यालय समयमै जिल्ला अदालतमा बुझाउँने र त्यसपछि अदालतको निर्णयका आधारमा हुने बाँके प्रहरीले जनाएको छ ।

यसअघि जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।

आदेश लगत्तै रिगललाई पक्राउ गरिएको थियो । नेपालगन्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो ।

घटनाको समय रिगल नेपाल तरुण दल क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति रहेका थिए । अदालतले कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार