AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भूकम्पमा घाइते भएका सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय

भूकम्पमा घाइते भएका सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय

  • आइतवार, कार्तिक १९, २०८०
भूकम्पमा घाइते भएका सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने भएको छ ।

बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका अनुसार जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

काठमाडौंमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको बताउँदै अब ‘रेस्क्यु’ गर्नुपर्ने अवस्थाका बिरामी बाँकी नभएको बताए ।

यस्तै बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भइनसकेको उनको भनाई छ ।

शुक्रबार राति ११ः४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २५४ जना घाइते अवस्थामा छन् ।

Facebook Comments

सम्बन्धित समाचार