AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • कोशी प्रदेशसभा बैठक आज बस्दै, समर्थन फिर्ता लिने एमालेको तयारी

कोशी प्रदेशसभा बैठक आज बस्दै, समर्थन फिर्ता लिने एमालेको तयारी

  • सोमवार, कार्तिक २०, २०८०
कोशी प्रदेशसभा बैठक आज बस्दै, समर्थन फिर्ता लिने एमालेको तयारी

विराटनगर – कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत कात्तिक १ गते प्रदेशसभा बैठक स्थगन गरिएको थियो । बैठकको कार्यसूचि भने तय गरिएको छैन ।

बैठक बस्नु अगाडि कार्यसूचि तय हुने प्रदेशसभा सचिवालयले जनाएको छ । कोशी प्रदेश सभामा स्थानीय सेवाका सर्त र सुविधालाई व्यवस्थित गर्न बनेको विधेयकमात्र बिजनेशको रुपमा रहेको छ ।

त्यसबाहेक प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि सरकारले लैजाने तयारी गरिरहेको छ ।

यस्तै एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ । एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्ने बारे अहिले केहीबेरमा बस्ने कोशी संसदीय दलको बैठकले टुंगो लगाउँदै छ ।

सत्ता गठबन्धनका दुई मन्त्री बनेसँगै एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले राजीनामा दिइसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार