AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीलाई रविले भने : ‘ भूकम्प प्रभावित क्षेत्रका जनतालाई चिसोबाट बचाउनुस्’

प्रधानमन्त्रीलाई रविले भने : ‘ भूकम्प प्रभावित क्षेत्रका जनतालाई चिसोबाट बचाउनुस्’

  • बुधबार, कार्तिक २२, २०८०
प्रधानमन्त्रीलाई रविले भने : ‘ भूकम्प प्रभावित क्षेत्रका जनतालाई चिसोबाट बचाउनुस्’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भूकम्प प्रभावित क्षेत्रका जनतालाई चिसोबाट बचाउन आग्रह गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर सभापति लामिछानेले १४ बुँदे सुझाव दिएका हुन् ।

छलफलमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा समेत प्राप्त सुझावहरू राख्ने प्रतिबद्धता जनाए ।

सभापति लामिछानेले परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन आग्रह गरेका थिए । लामिछानेले राहत व्यवस्थापन, वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिएको रास्वपाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार