AarthikBikash
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • राजनीति
  • भूकम्प पीडितका लागि १० अर्बको राहत कोष स्थापना गर्ने सरकारको निर्णय

भूकम्प पीडितका लागि १० अर्बको राहत कोष स्थापना गर्ने सरकारको निर्णय

  • सोमवार, कार्तिक २७, २०८०
भूकम्प पीडितका लागि १० अर्बको राहत कोष स्थापना गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहतमा खर्च गर्ने निर्णय गरेको हो ।

बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको छ ।

सांसद विकास कोषको रकम खर्च नगर्न सर्वोच्चमा मुद्दा परेको थियो । योसँगै सरकारलाई उक्त कोषको रकम भुकम्प पीडितका लागि खर्च गर्न बाटो खुलेको छ ।

साथै बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आहन गर्ने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार