काठमाडौं – चीन र अमेरिकाका राष्ट्रपति सी जिनपिङ र जो बाइडेनबीच भेटवार्ता भएको छ ।
दुई शक्ति राष्ट्रका राष्ट्रप्रमुखहरुको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रचनात्मक र फलदायी छलफल भएको बताएका छन्।
‘हामीले हाम्रा देशहरू बीचको कूटनीतिको विगत धेरै महिनाहरूमा राखिएको आधारभूत विषयहरुमा रचनात्मक छलफल गर्यौं र महत्त्वपूर्ण प्रगति गर्यौं’ उनले भनेका छन्। भेटमा सीले अमेरिका–चीन सम्बन्धमा ताइवान ठूलो मुद्दा भएको बताए ।
चीनले ताइवानमा ठूलो आक्रमणको तयारी नगरेको सीको संकेत रहेको र शक्ति प्रयोग गर्न सकिने अवस्था बारे कुरा गरेको अमेरिकी अधिकारीले बताएका छन् ।
सीले चीनको प्राथमिकता स्वशासित टापु ताइवानसँग शान्तिपूर्ण पुनर्मिलन भएको बताएका छन्।