AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • छठ पूजा गर्न राष्ट्रपति पौडेल काठमाडौंको गौरीघाटमा

छठ पूजा गर्न राष्ट्रपति पौडेल काठमाडौंको गौरीघाटमा

  • आइतवार, मंसिर ३, २०८०
छठ पूजा गर्न राष्ट्रपति पौडेल काठमाडौंको गौरीघाटमा

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन् ।

राष्ट्रपति पौडेल आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर छठी माताको दर्शनसहित पूजाआजा गरेका हुन् ।

पौडेलले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरे । राष्ट्रपति पौडेल गुह्वेश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत,छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यस्तै कमलपोखरीको पूजास्थलमा प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन शाह पनि त्यहाँ पगेका थिए । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

Facebook Comments

सम्बन्धित समाचार