बारा-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंमा भइरहेको आन्दोलनलाई दबाउन सरकारले गरेको धरपकड लज्जास्पद रहेको टिप्पणी गरेका छन् ।
बाराको निजगढमा शुक्रबार साँझ आयोजित जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सो टिप्पणी गरेका हुन् ।
उनले स्वतन्त्ररुपमा हिंडेका नागरिकलाई समाउँदै थुनेको घटना निकै लज्जास्पद् रहेको बताए । लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने अधिकार रहेको भन्दै लामिछानेले सरकार डराएको देखेर आफू लज्जित भएको समेत बताए ।
आफ्नो हातबाट शासनसत्ता फुस्किने र आफ्नो कर्तुत जनताले थाहा पाउने भएका कारण सरकार डराएको सभापति लामिछानेको भनाई छ ।