AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

  • सोमवार, मंसिर ११, २०८०
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा चार सय रूपैयाँ बढी हो।

यसअघि गत कात्तिक ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो।

सोमबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको महासंघले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार