AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • भूकम्प पीडितलाई एकमुस्ट ५० हजार दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

भूकम्प पीडितलाई एकमुस्ट ५० हजार दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

  • बिहिबार, मंसिर १४, २०८०
भूकम्प पीडितलाई एकमुस्ट ५० हजार दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितलाई एकमुस्ट ५० हजार दिन नसकिने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले ५० हजार एकमुस्ट दिन माग भए पनि त्यो सम्भव नभएको बताए । उनले दुई किस्तामा दिइने, तर एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर गरे।

गृहमन्त्री श्रेष्ठले भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार रुपैयाँ दिइने बताए ।

उनले पहिलो किस्ता बुझेर आवास निर्माणको काम शुरु गर्नासाथै बाँकी २५ हजार रुपैयाँ बैंकमार्फत दिइने बताए ।

दोस्रो किस्ता दिनका लागि पनि कुनै ढिलाइ नहुने उनले स्पष्ट पारे । उनले दुई किस्तामा दिइने भएपनि समयको ग्याप धेरै नहुने भएकाले एकै किस्ता दिए जसरी नै रकम प्रदान गरिने उल्लेख गरे ।

सरकारी रकम पीडितको खातामा नै जाओस् भन्ने सरकारको उद्देश्य रहेको तर कतिपयको बैंक खाता नभएकाले सहजीकरणका लागि दोस्रो किस्ता लिन मात्रै बैंक खाता अनिवार्य गरिएको गृहमन्त्री श्रेष्ठले बताए ।

Facebook Comments

सम्बन्धित समाचार