AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ईयूको ‘कालोसूची’बाट हटेन नेपाल, प्रतिबन्ध फेरि लम्बियो

ईयूको ‘कालोसूची’बाट हटेन नेपाल, प्रतिबन्ध फेरि लम्बियो

  • बिहिबार, मंसिर १४, २०८०
ईयूको ‘कालोसूची’बाट हटेन नेपाल, प्रतिबन्ध फेरि लम्बियो

काठमाडौं-इरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची (कालोसूची) बाट नेपाललाई नहटाउने भएको छ ।

ईयूले बिहीबार उडान सुरक्षा चासोको सूचीमा रहेका एयरलाइन्सहरुको नाम सार्वजनिक गरेको छ, जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणका दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनीहरु कालोसूचीमा दोहोरिएका हुन् ।

ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । ईयूले हरेक ६÷६ महिनामा यस्तो सूची अद्यावधिक गर्दै आएको छ ।

ईयूले पछिल्लोपटक बुधबार नेपाल प्राधिकरणलाई पत्र पठाउँदै यसपटक पनि कालोसूचीबाट हटाउन नसकेको जानकारी गराएको प्राधिकरणले जनाएको छ ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले युरोपियन युनियनको कालोसूचीमा देश करिब १३ वर्ष अघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको जानकारी दिए । उनले १२ बुँदै चिठी पठाएको र १२ बुँदा पालना गरेको खण्डमा कालोसूचीबाट हट्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार