AarthikBikash
शुक्रबार, कार्तिक २२, २०८२
  • होमपेज
  • राजनीति
  • प्लेन चढेर उज्यालो काठमाडौं भ्यालीमा देख्नुभयो भने त्यो ललितपुर महानगर हो : महर्जन

प्लेन चढेर उज्यालो काठमाडौं भ्यालीमा देख्नुभयो भने त्यो ललितपुर महानगर हो : महर्जन

  • शुक्रबार, मंसिर १५, २०८०
प्लेन चढेर उज्यालो काठमाडौं भ्यालीमा देख्नुभयो भने त्यो ललितपुर महानगर हो : महर्जन

мега ссылкамега ссылка
काठमाडौं – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्यूनीकरणका निम्ति कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेन्डर आह्वान गरिने बताएका छन् । बिहीबार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

кракен ссылкакракен ссылка
उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न महानगर लागिपरेको उनले उल्लेख गरे । सडकमा स्मार्ट लाइटका निम्ति ललितपुर महानगरले यो वर्ष तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

mega darknetmega darknet
एक करोड २० लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणको सहयोग रहेकाले कुल चार करोड २० लाख रुपैयाँ बत्तीका लागि छुट्ट्याइएको उनले बताए । दुई वर्षको काम सकिएपश्चात् ललितपुर महानगरपालिका उज्यालो हुने उनको भनाइ छ ।

Вот актуальная кракен даркнет для входа.
“हामीले, यो रिङरोडमा धेरै दुर्घटना, परिघटना भइरहेका छन् । तर, त्यसको मुख्य कुरा भनेको बत्ती नबलेर नै हो । कुसुन्तीमा अहिलेसम्ममा २४ जना मान्छे अकालमै मृत्यु भयो, धोबीघाट–कीर्तिपुर जोन बाटोमा ३४ जनाको अकालमा मृत्यु भयो,” उनले भने, “तर, ती घटनाहरू भइरहँदा प्रायः रात्रिकालीन बत्ती नभएको कारणले नै हो । हामीले त्यहाँ बत्ती बाल्नको निमित्त १० दिनभित्रमा टेन्डर छाप्दै छौँ । त्यसपछि ललितपुर महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बल्छ । बत्ती बलेपछि बत्ती नभएको कारणले दुर्घटना नहोस् भन्ने हो ।”

मेयर महर्जनले रात्रिकालीन अवस्थामा विमानमा चढेर काठमाडौं उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने बताए ।

“दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुनेछ । रात्रिकालीन अवस्थामा प्लेनमा चढेर उज्यालो काठमाडौं भ्यालीमा देख्नुभयो भने त्यो ललितपुर महानगरपालिका हो,” उनले भने, “जुन सहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगर हुनेछ ।”

ललितपुर महानगरले दोस्रो चरणमा १४ सयथान सडक बत्ती जडान गरेको हो ।

सम्बन्धित समाचार