AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ?

  • शनिबार, मंसिर १६, २०८०
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौं-काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो ।

काठमाडौं महानगरभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत् तथ्यांक संकलन तथा सुपरिवेक्षण गर्न कर्मचारी मागिएको महागरले जारी गरेको सूचनामा उल्लेख छ ।

बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । सुपरिवेक्षक पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ ।

पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइनबाट आवेदन दिनु पर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार