AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • एनसेलबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धनको बैठक

एनसेलबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धनको बैठक

  • मङ्लबार, मंसिर १९, २०८०
एनसेलबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धनको बैठक

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् ।

मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेर आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेसँगै प्रधानमन्त्री  प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना सम्बन्धमा समाचार प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । उक्त विषयमा छलफल गर्न बैठक बोलाइएको हाे ।

Facebook Comments

सम्बन्धित समाचार