AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • गठबन्धनकाे बैठक : ‘एनसेलको शेयर खरिद-बिक्री शंकास्पद रह्याे गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ’

गठबन्धनकाे बैठक : ‘एनसेलको शेयर खरिद-बिक्री शंकास्पद रह्याे गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ’

  • मङ्लबार, मंसिर १९, २०८०
गठबन्धनकाे बैठक : ‘एनसेलको शेयर खरिद-बिक्री शंकास्पद रह्याे गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ’

काठमाडौं-सत्तारुढ गठबन्धनले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिव र सचिवहरुलाई राखेर सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

छलफलमा गम्भीरतापूर्वक छानबिन गर्नसमेत सरकारलाई आग्रह गरेका छन् । मंगलबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले एनसेलको शेयर खरिद बिक्रीलाई गम्भीर रुपमा लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई समर्थन गरेका छन् ।

बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अुनकूल एनसेलकाे शेयर खरिद–बिक्री नभएको र शेयर खरिद–बिक्रीको कुरा शङ्कास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको जनाइएकाे छ ।

Facebook Comments

सम्बन्धित समाचार