AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • चार महिना जनदबाबका कार्यक्रम गर्ने राप्रपाको निर्णय

चार महिना जनदबाबका कार्यक्रम गर्ने राप्रपाको निर्णय

  • बुधबार, मंसिर २०, २०८०
चार महिना जनदबाबका कार्यक्रम गर्ने राप्रपाको निर्णय

काठमाडौैं-राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक मान्यता स्थापनाका साथै सुशासन र विकासका लागि जनदबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ।

बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताए।

उनले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताए। अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने पनि बताए।

सम्बन्धित समाचार