AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • समातिएको सबै १४ किलो सुन ‘विशुद्ध सुन’ भएको पुष्टि

समातिएको सबै १४ किलो सुन ‘विशुद्ध सुन’ भएको पुष्टि

  • शुक्रबार, मंसिर २२, २०८०
समातिएको सबै १४ किलो सुन ‘विशुद्ध सुन’ भएको पुष्टि

काठमाडौं-  बिहीवार राति समातिएको १४ किलोग्राम सुन शुक्रवारकाे परीक्षणबाट ‘सक्कली’ पुष्टि भएको छ ।

परीक्षण गरी हेर्दा सबै १४ किलो नै विशुद्ध सुन भएको पाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको थियो ।

‘नमुना परीक्षणको जिम्मा लिएका कर्मचारीले उपकरणका माध्यमले परीक्षण गर्दा, उक्त सबै मालवस्तु विशुद्ध सुन भएको पाइयो,’ विभागका केमिस्ट अशोकबाबु सापकोटाले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन विमानस्थलबाट बिहीवार राति बरामद १४ किलो सुनबारे भन्सार कार्यालयले दुई दिनअघि नै सूचना पाएको थियो । प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार पूर्वसूचना पछ्याउँदा बिहीवार राति १४ किलो सुन बरामद भएको हो ।

यसबारे थप छानबिन गर्न प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको थियो ।

बिहीवार राति १४ किलो सुनसहित विमानस्थल भन्सारको टोलीले दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घले र गोरखाकै मीनबहादुर घले रहेका छन् । चन्द्र दुबईबाट सुन लिएर आएका व्यक्ति हुन् भने मीनबहादुर चाहिँ नेपालमै सुन खरिद बिक्रीमा संलग्न व्यक्ति भएको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार