AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • नेता, कर्मचारी र व्यापारी नमिली भ्रष्टाचार हुनै सक्दैन : शेखर कोइराला

नेता, कर्मचारी र व्यापारी नमिली भ्रष्टाचार हुनै सक्दैन : शेखर कोइराला

  • शनिबार, मंसिर २३, २०८०
नेता, कर्मचारी र व्यापारी नमिली भ्रष्टाचार हुनै सक्दैन : शेखर कोइराला

काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूला भ्रष्टाचारका काण्डमा नेता, कर्मचारी र व्यापारीको मिलेमतोमा रहेने गरेको दाबी गरेका छन् ।

चितवन काठमाडौं प्रजातान्त्रिक संगमको १२ औं अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो दाबी गरेका हुन् ।

देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने उनले बताए ।

उनले भने,‘भ्रष्टाचारको कुरा गर्दा जहाँ कुरा गर्नुस् जुनै भ्रष्टाचार नेताहरुसँगै जोडिएको छ । जतिसुकै जसले जे भनेपनि राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरु नमिली यस्तो भ्रष्टाचार हुनै सक्दैन । एनसेलको प्रकरण पनि त्यही हो ।’

देशमा सबै चिज अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको कोइरालाको टिप्पणी छ ।

Facebook Comments

सम्बन्धित समाचार