AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पल शाहविरुद्धको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

पल शाहविरुद्धको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

  • शनिबार, मंसिर ३०, २०८०
पल शाहविरुद्धको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

काठमाडौं-नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाहविरुद्धको मुद्दा ब्युँतिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो ।

उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो। त्यसविरुद्ध फैसला त्रुटिपूर्ण देखिएको दाबी गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सर्वोच्चले मुद्दा दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो।

शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।

dd

सम्बन्धित समाचार