AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बालकुमारी घटना : ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

बालकुमारी घटना : ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

  • शनिबार, पुस १४, २०८०
बालकुमारी घटना : ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

 

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले ललितपुरको बालकुमारीमा शुक्रवार ज्यान गुमाएका डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावतकाे परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार