AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • माइतीघरबाट गोविन्द केसीसहित सात जना पक्राउ

माइतीघरबाट गोविन्द केसीसहित सात जना पक्राउ

  • शनिबार, पुस २१, २०८०
माइतीघरबाट गोविन्द केसीसहित सात जना पक्राउ

काठमाडौं-डाक्टर गोविन्द केसीसहित सात जना माइतीघर मण्डलबाट पक्राउ परेका छन् ।

विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

माइतीघरमा प्रदर्शन गर्ने क्रममा केसी सहित ७ अन्य अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

माइतीघर मण्डल हाल निधेषित क्षेत्र हो । तर, केसीले नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिए ।

Facebook Comments

सम्बन्धित समाचार