AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • सिंहदरबार पुगेर आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै राष्ट्रपति

सिंहदरबार पुगेर आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै राष्ट्रपति

  • शुक्रबार, पुस २७, २०८०
सिंहदरबार पुगेर आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै राष्ट्रपति

काठमाडौं-पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

शुक्रवार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट पुगेर राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न लागेका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि अघिल्ला वर्षहरूमा यो दिन सिंहदरबार पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने गरेकी थिइन् ।

शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

Facebook Comments

सम्बन्धित समाचार