काठमाडौं-नागरिक उन्मुक्ति पार्टी ९नाउपा०को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनमा चौधरी निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।
मनोनयन दर्ता गर्ने निर्धारित समयमा अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यद्यपि, निर्वाचन समितिले औपचारिक रूपमा घोषणा गर्न भने बाँकी छ ।
रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा पनि दामोदर पण्डित निर्विरोध भएका छन् ।