AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी स्थायी कमिटी बैठक सुरु

माओवादी स्थायी कमिटी बैठक सुरु

  • शनिबार, पुस २८, २०८०
माओवादी स्थायी कमिटी बैठक सुरु

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ ।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गर्दै छ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादीले जनाएको छ ।

त्यस्तै बैठकमा चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ ।

माओवादीले गत भदौ १६ देखि पुस १६ सम्म चार महिने रूपान्तरण अभियान चलाएको थियो। स्थायी कमिटी बैठकमा अभियानका क्रममा सात वटै प्रदेशबाट प्राप्त रिपोर्टबारे छलफल हुनेछ  ।

Facebook Comments

सम्बन्धित समाचार