AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • चित्लाङ जाँदै गरेको कार दुर्घटना : चार जनाको मृत्यु

चित्लाङ जाँदै गरेको कार दुर्घटना : चार जनाको मृत्यु

  • शनिबार, पुस २८, २०८०
चित्लाङ जाँदै गरेको कार दुर्घटना : चार जनाको मृत्यु

काठमाडौं-थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी चन्द्रागिरी नगरपालिका-४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतम छन् ।

६ वर्षीया स्मारिका गौतम घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।  उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको डीएसपी अधिकारीले जानकारी दिए।

मृतकको शव र गाडी निकाल्ने कार्य जारि रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार