AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • जनता पछाडि फर्किनेवाला छैनन्, संविधान कार्यान्वयन गरौं : राष्ट्रपति पौडेल

जनता पछाडि फर्किनेवाला छैनन्, संविधान कार्यान्वयन गरौं : राष्ट्रपति पौडेल

  • सोमवार, माघ १, २०८०
जनता पछाडि फर्किनेवाला छैनन्, संविधान कार्यान्वयन गरौं : राष्ट्रपति पौडेल

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले सबै मिलेर संविधानको कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

माघीको अवसरमा प्रधानमन्त्रीसहित दलका नेतालाई शीतल निवासमा बोलाएर गरेको छलफलमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको बताए ।

राष्ट्रपति पौडेलले भने, ‘मैले यहाँ आएर धेरै विदेशीहरूसँग पनि कुराकानी गरेको छु । यति अधिकार दक्षिण एसियाका मुलुकको तुलनामा कम होला । यतिधेरै जनताले अधिकार पाएको संविधानलाई सबैले प्रशंसा गरेका छन् । यसलाई व्यवहारमा ल्याउनुपर्‍यो । संविधानले जनतालाई जे अधिकार दिएको छ त्यो सार्थक हुनुपर्‍यो । त्यसका लागि कानून बनाउनुपर्ने छ ।’

उनले संविधानले परिकल्पना गरेका विषयलाई कानूनद्वारा व्यवस्थित गर्न आवश्यक रहेको बताए । राष्ट्रपति पौडेलले संविधानले सबै जनतालाई दिएको अधिकार सार्थक हुनुपर्नेमा जोड दिए।

उनले संविधानप्रति जनताको आशालाई निराशामा परिणत गर्न नहुने बताए। राष्ट्रपति पौडेलले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्नुपर्नेमा जोड दिए।

Facebook Comments

सम्बन्धित समाचार