AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • त्रिशूलीमा खसेको जीप गोताखोरले बाहिर निकाल्यो, मान्छे भटिएनन्

त्रिशूलीमा खसेको जीप गोताखोरले बाहिर निकाल्यो, मान्छे भटिएनन्

  • मङ्लबार, माघ २, २०८०
त्रिशूलीमा खसेको जीप गोताखोरले बाहिर निकाल्यो, मान्छे भटिएनन्

चितवन-त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् ।

प्रहरीका अनुसार बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो त्रिशूली नदीबाट निकालिएको हो ।

बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।

जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार