mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • तीन संसदीय समितिको बैठकमा आज यी विषयमा छलफल

तीन संसदीय समितिको बैठकमा आज यी विषयमा छलफल

  • बुधबार, माघ ३, २०८०
तीन संसदीय समितिको बैठकमा आज यी विषयमा छलफल

काठमाडौं-राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बुधबार त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानूनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने भएको छ।

छलफलका लागि त्रिविका उपकुलपति प्रा.डा.शिवलाल भुसाललाई बोलाइएको छ। बैठक बिहान साढे ११ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बुधबार सडक सुरक्षाको विषयमा छलफल हुने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भएका काम कारवाहीबारे छलफल हुनेछ।

विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल गरिरहेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ। विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको बैठक दिउँसो सवा १२ बजे बस्नेछ।

सम्बन्धित समाचार